नवलपरासीको सिजीमा टेम्पल टाइगर गल्फ टुनामेन्ट

चितवन समाचार डटकम,
८ माघ । नवलपरासीको दुम्कौलीमा रहेको सिजी रिट्रिटमा टेम्पल टाइगर गल्फ टुनामेन्ट २०२० आयोजना हुने भएको छ ।
चौधरी ग्रुपको उद्योग भित्र रहेको गल्फ कोटमा पहिलो पटक टुनामेन्ट हुन लागेको हो । भ्रमण वर्ष २०२० को अवसर पारेर टेम्पल टाइगर रिसोर्टले वुधबार पत्रकार सम्मेलन गरी टुनामेन्टको बारेमा जानकारी दिएको हो । सन् २००४ मा स्थापना भएपनि केही वर्ष अगाडिदेखि मात्र सर्व साधारणको लागि गल्फ खुला गरिएको थियो ।
गल्फको माध्यमबाट विदेशीहरु नेपाल आउने भएकाले टुनामेन्टको आयोजना गर्न लागेको टेम्पल टाइगरका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले जानकारी दिनु भयो । विदेशीहरुले मात्र गल्फ खेल्छन् भन्ने भनाइलाई चिर्दै नेपालीहरुको पनि यसमा पहुच हुनु पर्छ भन्नको लागि यो खेल आयोजना गरिएको उहाले जानकारी दिनु भयो । गल्फ खेल सानो उमेरदेखि वृद्धहरुले पनि खेल्न सक्ने भएकाले यसमा सबैको पहुच गराउन जरुरी रहेको उहाले जानकारी दिनु भयो ।
सिजि रिट्रिटका गल्फका क्याप्टेन सुधिर राइले गल्फ खेल्ने खेलाडीको सख्या काठमाण्डौंमा धेरै रहेकाले उपत्यका बाहिरपनि खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो । धनीहरुले मात्र खेल्ने खेल भनेर चिनिएकाले त्यस्तो नभइ सबैले खेल्न सक्ने, सबैको पहुचमा खेल रहेको जानकारी गराउन टुनामेन्ट आयोजना गरिएको हो उहाले भन्नु भयो ।
राईका अनुसार ३७ जनाले फेव्रुअरी १ तारिख अर्थात माघ १८ गते शनिबार खेल आयोजना हुदैछ । गल्फ कोटहरु काठमाण्डौंको अन्तरराष्ट्रिय विमान स्थल नजिक, गोकर्ण, पोखरा धरान र नवलपरासीको दुम्कौली रहेको छ । १८ वटा होल हुने यस कोटमा गोकर्ण रिसोर्टमा मात्रै १८ वटा रहेको छ । पोखरा, धरान र नलवपरासीमा ९ वटा होल रहेको छ । एउटा खेल पूरा गर्नको लागि ९ वटा होल भएको ठाउमा दुइपटक खेल्नु पर्ने हुन्छ ।


नेपालमा गल्फ खेल्ने खेलाडीको सख्या करिब चारसय रहेको जानकारी दिएको छ । नेपालसहित विश्वमा यो खेल खेल्ने खेलाडीको सख्या एक करोडको रहेको आयोजकले दावी गरेका छन् । विश्वमा गल्फ खेलबाट २० अर्बको व्यापार हुने गरेको छ । नेपालमा गल्फ खेल्नको लागि विदेशबाट आउने गरेका छन् । नेपालमा आउनेहरु भारतको गाइकोट, मलेसिया, भुटानबाट धेरै मात्रामा आउने गरेको राईले जानकारी दिनु भयो ।
खेलबाट पनि विदेशी पर्यटक भित्राउन सकिने, नेपालीहरुले पनि यो खेल खेल्न सकिने भएकाले खेल्न आउन अनुरोध गर्नु भयो । खेल्न चाहने नेपालीहरुको लागि निःशुल्क राखिएको मिश्रले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट