चितवन, ८ माघ । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई भरतपुर भरतपुर महानगरले विमानस्थलमा पन्चेवाजा सहित स्वागत गरेको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहाले उनलाई स्वागत गरेकि हुन । नेपालमा भएको स्वागतले आफुलाई खुसी लागेको उनले बताइन ।
आजै कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पताल क्षयरोग पोषण केन्द्रको राजकुमारी र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । श्रीमान सहित आएकी उनि दुई दिनसम्म चितवन राष्ट्रिय निकुन्ज घुम्ने छिन् । उनी एकहप्ता लामो भ्रमणका क्रममा नेपाल आएकी हुन् ।
स्वागतको फोटो फिचर






