चितवन ६ माघ । मेला चाढपर्वमा थुप्रिएको देवघाटधाम क्षेत्रको फोहर आज वृहत सरसफाइ कार्यक्रम गरी सफा पारिएको छ ।
युथ क्लब नारायणगढको आयोजनामा देवघाटधामको चितवन तर्फको स्थानमा सरसफाइ गरिएको हो । मेलामा आएका भक्तजनहरुले विर्सन गरेका विभिन्न फोहोरहरुलाई संकलन गरी उचित स्थानमा राखिएको युथ क्लब नारायणगढका उपाध्यक्ष शालिग्राम नेपालले जानकारी दिनु भयो ।

देवघाट क्षेत्र विकास समितिको आव्हानमा युथ क्लब नारायणगढले आयोजना गरेको कार्यक्रममा, स्थानीय समुदाय, सीताराम सस्कृत माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, प्रहरी, इलाइट ग्रुप, वाग्लुङ कालिका फोर्सलगायतको सहभागीता रहेको थियो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले सरसफाइ कुनै सस्थाले नभइ व्यक्ति आफै जागरुप हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष डाक्टर गुरुप्रसाद सुवेदी, क्बलका पूर्व अध्यक्ष सुरेश श्रेष्ठ, निवर्तमान अध्यक्ष भगवानकुमार जोशी लगायतको सहभागीता रहेको थियो । करिब दुइसय जना सहभागी भएको कार्यक्रमबाट दुइ टन फोहोर संकलन भएको आयोजक सस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । मेलामा आउने भक्तजनले फोहोर हुने सामग्री प्रयोग नगर्न, र तोकिएको स्थानमा मात्र फोहोर फाल्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनु भयो । धार्मिक स्थान कुनै एक व्यक्ति नभइ सबैको भएकाले यहाँ फोहार नगरी दिन हुन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले अनुरोध गर्नु भयो ।


