सुकुम्बासी समस्या समाधान छिटै हुन्छ : दाहाल

चितवन ४ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्बासी समस्या अब छिटै समाधान हुने बताउनु भयो ।
नेपाल बसोबास बस्ती संरक्षण समाजको कार्यक्रममा सम्वोधन गर्दै उहाले कानुनी जटिलता समाधान हुने क्रममा रहेकाले छिटै समाधान हुनेमा विश्वास दिलाउनु भयो । सुकुम्बासी समस्या समाधानका लागि संघीय सरकारले संसदबाट ऐन ल्याउदै गरेकाले कानुनी जटिलता हट्ने वितिकै स्थानीय सरकारले ढिलो नगरी लालपुर्जा वितरण गर्ने जानकारी दिनु भयो ।
उहाले जनताको हक अधिकारको लागि लडेर आएकाले भूमिहिनहरुको समस्या आफूले राम्रोसंग वुझेको जानकारी दिनु भयो । उहाले भन्नु भयो मैले तपाइहरुको समस्या राम्रोसंग वुझेको छु यस विषयमा छिटो समस्या समाधान गर्न लागेको छु ।
कार्यक्रममा वाग्मती प्रदेका सांसद विजय सुवेदीले सुकुम्बासीहरुको समस्या समाधानमा प्रदेश सरकारले काम गर्दै आएको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट