सत्य निरुपण तथा मेलमिलाप समस्या सजिलै हल हुन्छ : प्रधानमन्त्री

काठमाडौं ३ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी समस्या सजिलै हल हुने बताएउनु भएको छ । पहिल्यै सम्पन्न गरिसक्नुपर्ने सहज कामलाई जटिल बनाइराख्न नहुने उहाले भन्नु भयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कार्यलाई ‘ जटिल बनाइराख्न नहुनेमा जोड दिनु भयो ।
प्रधानमन्त्रीकै भनाइलाई समर्थन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषय भएकाले यसलाई चाँडै हल गरिनुपर्ने बताउनु भयो । ।
‘हाम्रो सरोकार सत्य स्थापित गर्ने र मेलमिलाप गर्ने नै हो । हिजो के–के भएको थियो भनेर सत्य स्थापित गर्ने, अनि समाजमा मेलमिलाप कायम गर्ने हो, अति भएको रहेछ भने तिनमा मुद्दा चलाउने हो’ बालुवाटारको छलफलमा सहभागी एक नेताले प्रधानमन्त्रीको भनाइ उधृत गर्दै भन्नु भयो, ‘यति सजिलो र सरल कुरालाई किन कम्प्लिकेटेड बनाएको यत्रो वर्ष किन कुर्नुपर्थ्यो, यो त सजिलै हल गर्ने कुरा हो ।’

छलफलमा सहभागी नेताका अनुसार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि यो विषय राजनीतिक भएकाले चाँडो हल गरिनुपर्ने बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट