उवासंघ चितवनको निर्वाचन : श्रेष्ठ र शाक्य बिच प्रतिष्पर्धा

चितवन २६ पुस । सहमती बिपरित अर्को प्यानलमा चुननारायण श्रेष्ठ गएपछी उधोग वाणिज्य संघ चितवनको चुनावी प्रतिष्पर्दा कडा बनेको छ ।

अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठको प्यानलबाट चुननारायण शाक्यको प्यानलमा गएपछि चुनावी रौनक बढेको हो । अन श्रेष्ठ र नारायणगढका पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यबीच चर्को लडाईँ हुने भएको छ।

यसअघि अध्यक्षमा राजु र चुननारायण श्रेष्ठको दावी थियो, तर समीकरण र परिस्थिति उल्टोपाल्टो बन्दै गयो । पूर्वअध्यक्षहरुबीच भएको गोलाप्रथाले चुननारायणलाई अध्यक्षबाट व्याक हटे  । गोला प्रथाको विरुद्ध  अध्यक्षमा अर्का उम्मेदवार ज्ञानेन्द्रमान शाक्य निर्वाचनमा आए ।

अब अध्यक्षमा राजु श्रेष्ठ र ज्ञानेन्द्रमान शाक्यको घम्साघम्सी हुने भएको छ । दुबै नारायणगढका व्यवसायी हुन् । राजु होटल व्यवसायी हुन् भने ज्ञानेन्द्रमान सुन व्यवसायी हुन् ।

राजु १० वर्षदेखि संघको पदाधिकारीमा नै रहेका छन् । सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म पुगेका राजु यसअघिको चुनावमा अध्यक्षमा भिडेका थिए । अहिलेका अध्यक्ष सहन प्रधानसँग उनी पराजित भएका हुन् ।

एक हजार १४६ मत ल्याएका सहन प्रधानसँग पराजित भएका थिए राजु । विजयी भएका सहन प्रधानले एक हजार ४८९ मत ल्याएका थिए ।

‘उवासंघ चितवनमा म सदस्यदेखि वरिष्ठ उपाध्यक्षसम्म भइसके, अब मेरो जाने ठाउँ नेतृत्व (अध्यक्ष) मा नै हो, संघमा मैले दिएको योगदानको उच्च मूल्यांकन सम्पूर्ण व्यवसायीहरुले नै गर्नेछन्’ अध्यक्षका दावेदार राजुले भने ‘१० वर्षसम्म घामपानी नभनी अहोरात्र व्यवसायीको हकहितमा लागेको छु, मलाई विश्वास छ, व्यवसायीहरुले यसपटक मलाई नेतृत्वमा लैजानेछन् ।’

अध्यक्षका अर्का उम्मेदवार ज्ञानेन्द्रमान शाक्य २०२४ सालदेखि नै उवासंघसँग आबद्ध रहेको बताउँछन् । शाक्य हाल संघको विशिष्ट सदस्यको रुपमा रहेका छन् ।

अध्यक्षका दावेदार शाक्यले भने, ‘म ६ कार्यकालसम्म सदस्यमा रहेर काम गरिसकेको छु, यसअघि अध्यक्षमा उठ्ने तयारी हुँदाहुँदै सहन प्रधानलाई सहयोग गरेको हुँ, यसपटक सबैको सहयोगमा मैले चुनाव जित्ने पूरा विश्वास छ ।’

यसअघि अध्यक्षको दावेदार रहेका चुननारायण अध्यक्षका उम्मेदवार बनेका ज्ञानेन्द्रमान शाक्यको प्यानलमा फर्केका छन् । उनलाई अध्यक्षको उम्मेदवारबाट छुटाएको गोलाप्रथाले हो । गोलाप्रथामा सहभागी भएर पराजित भएका चुननारायण अन्ततः समीकरण नै तोडेर अर्को प्यानलमा फर्के ।

पूर्वअध्यक्षहरुको आग्रहअनुसार गोलाप्रथामा सहभागी भएका चुननारायण अन्तिममा त्यही गोलाप्रथाको विरुद्ध उभिँदै अर्को समीकरणमा होमिएका छन् ।

एक हप्ताअघि राजु श्रेष्ठलाई अध्यक्षमा उठाउने र उनलाई चुननारायणले सघाउने र राजुले यस पटक वरिष्ठ उपाध्यक्षमा चुननारायणलाई सघाउने र अर्कोपटक अध्यक्षमा सघाउने गरी समीकरण भएको थियो । पूर्वअध्यक्षहरुबीच भएको गोलाप्रथाले यो समीकरण बनाएको हो । तर पछि चुननारायण एकाएक समीकरण तोडेर शाक्य प्यानमा आएका छन् ।

चुननारायण भन्छन्, ‘म सहमतिको विरुद्धमा छैन, सहमतिअनुसार नै अध्यक्षमा उम्मेदवार नदिएको हो, जहाँसम्म सघाउने कुरा छ, त्यो म अरुलाई (ज्ञानेन्द्रमान शाक्य) लाई सघाउन सक्छु, त्यो मेरो इच्छा हो ।’

शेयर गरौ

ताजा अपडेट