चितवन २४ पुस । नारायणगढ मुग्लिन सडक खण्ड आजदेखी चौबिसैघण्टा सन्चालनमा आएको छ ।
पहिरो रोकथामको लागि काम गर्ने भन्दै दिउस ४ घण्टा बन्द हुँदै आएको राजमार्ग आजदेखी मर्मतको काम सकिएर खुला गरिएको हो । मुग्लिन नारायणगढ सडक आयोजनाका सुचना अधिकारी शिव खनालका अनुसार बाकी रहेको सानो काम पछि गर्ने गरि आजदेखी दिउस बन्द गरिदै आएको सडक खुला गरेको हो ।
पहाडको पहिरो सडकमा झर्ने भएकाले त्यसलाइ रोक्न बन्द गरिएको थियो । आज पानी परेर काम गर्न समस्या भएको र काम पनि अन्तिम भएकाले खुला गरिएको खनालले जानकारी दिनु भयो ।


