चितवन २३ पुस । देवघाटधाममा लाग्ने माघे संक्राती मेलाको तयारीको लागि स्नान स्थान मिलाइएको छ । देवघाट क्षेत्र विकास समितिको आव्हानमा नेपाली सेनाले स्नान गर्ने ठाउँमा सरसफाइसंगै ठाउँ मिलाइएको हो ।
मेला भर्न आउने भक्तजनको लागि सजिलो बनाउनको लागि स्थान निर्माण, वगरमा भएका फोहोर हटाउने, अप्ठ्यारो ठाउलाई मिलाउने, स्नान ठाउलाई सुरक्षित पार्ने लगायतको काम भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनु भयो ।


