मेघौलीको होमस्टोको सूचना पार्टी चौविसकोठीमा

चितवन २३ पुस । मेघौलीमा रहेको थारु होमस्टेको प्रचार प्रसार गर्नको लागि भरतपुरको चौविसकोठीमा सूचना पाटी राखिएको छ ।
भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा थारु होमस्टेको जानकारी दिने सूचना पाटी राख्नु भएको हो । उद्योग वाणिज्य संघ चितवनले प्रवद्र्धन गर्नको लागि सहयोग गरेको थारु होमस्टेमा आन्तरिक वाह्य पर्यटकहरु बस्दै आएका छन् । उद्योग वाणिज्य संघले होमस्टेमा गरेको सहयोगको बारेमा यस अगाडि जानकारी दिएको थियो ।
मेघौलीमा रहेको होमस्टेमा सस्तोमा वास बस्न पाइन्छ । घरमा पकाएको अर्गानिक खाने सामग्रीले पर्यटकलाई लोभाएको यहाँ बस्नेले बताएका छन् । चौविस कोठीबाट करिब २५ किलोमिटर पश्चिममा रहेको होमस्टेको बारेमा सूचना पाटीमा उल्लेख गरिएको छ । सूचना पाटी राख्ने कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उपाध्यक्ष चिरञ्जिवी सुवेदी, डाक्टर कृष्णप्रसाद पौडेल, व्यवसायीहरु थिरप्रसाद धिताल, सुमन श्रेष्ठ, शिरिष पन्त, ज्ञानु न्यौपाने, मुकुन्द गौतम, भोजराज कौडालको उपस्थिति रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट