चितवन, १८ पुस । चर्को आलोचना र दवाव पछि चितवन जिल्लाका प्रहरी प्रमुख दानबहादुर मल्लले रवाना बुझेका छन् ।
मल्लले आजै डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको जिल्लाका एक उच्च अधिकारीले जानकारी दिए । एसपी मल्ल आज साँझ काठमाण्डौ जाने पुग्नेछन् । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो। मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो। एसपी मल्ला काठमाण्डौको दरवार मार्गमा कार्यरत रहदापनि उनको कार्यशैली प्रती आलोचित भएका थिए । चितवन वसाइका क्रममा उनको नेतृत्व शैलीमा प्रश्न उठ्ने गरेको थियो । जिल्लामा भएका ठुला मुद्दाहरुमा उनले सुरक्षा व्यवस्था राम्रो नगरेको, सूचना प्रवाहमा कमजोरी गरेको, शक्ति केन्द्रको आडमा काम गरेको जस्ता अलोचना भएको थियो । सरुवाको कागज आएपनि उनी अझै केही महिना चितवनमा नै वस्ने भन्दै प्रतिक्रिया दिएका थिए ।


