चितवन १७ पुस । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले किसानलाई दिने अनुदानको रकम सिदै पाउने व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको आयोजनामा पूर्वी चितवनको टरौलीमा भएको कार्यक्रममा उहाले वृद्ध भत्ता पाएजस्तै गरी सरकारले दिएको अनुदान सिदै जनताको हातमा पाउने व्यवस्था हुनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो कृषि क्षेत्रमा सरकारले दिने गरेको अनुदान पाउनको लागि ज्यादै झण्झट भएकाले त्यसको व्यवस्थापनमा सुधार गर्नु पर्दछ । जस्तै वृद्ध भत्ता सोझै खातामा वा हातमा पर्दछ त्यसै गरी अनुदानको रकम पाउनु पर्दछ ।
कर्मचारी तन्त्रले गर्ने ढिलासुस्ती र दुःख दिने प्रवृतिले गर्दा किसानले राहतको महसुस नगरेको बताउनु भयो । कार्यक्रममा उहाले स्थान अनुसारको खेतीमा अनुदान दिनु पर्ने बताउनु भयो । झापा, पाँचथर, तराइका जिल्ला, गुल्मी, जुम्ला, मुस्ताङलगायतको जिल्लामा हुने प्रमुख खेतीमा नै अनुदान दिनु पर्दछ उहाले भन्नु भयो यस्तो भएमा किसानको कृषि कर्म फस्टाउन सक्दछ ।
जमिन खण्डिकरणले कृषिमा उत्पादन बृद्धि गर्न सकिदैन उहाले भन्नु भयो सामुहिक खेती प्रणालीलाइ राज्यले प्राथमिकता दिनु पर्दछ । उहाले सहकारीको माध्यमबाट धेरैको आर्थिक अवस्था मजवुद हुदै गएकाले यो अभियानलाई अझ व्यापक गरी लैजानु पर्नेमा जोड दिनु भयो ।


