सहकारी आन्दोलनबाट नै समाजवादमा जान सकिन्छ : प्रचण्ड

चितवन १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको देशलाई समाजबाद तर्प लैजाने हो भने सहकारी आन्दोलन जरुरी रहेको बताउनु भयो ।
पूर्वी चितवनमा बिहीबार नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा तथा तालिम भवन उद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाले सहकारीको माध्यमबाट विगतमा भएको आन्दोलनलाई आफूले स्मरण गरेको बताउनु भयो । देशमा हुने परिवर्तन र त्यसको उपलब्धिमा सहकारीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
‘देशलाई समाजवादतिर लैजाने हो भने सहकारी आन्दोलन एउटा अपरिहार्य तत्व हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टीले पनि हाम्रो नेतृत्वको सरकारले पनि सामाजिक न्यायको निम्ति, समाजवादको आधार तयार पार्नको निम्ति किसानहरुलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा काम गर्नु पर्छ भनेर लागेका छौँ ।’
उहाँले आधारभुत तहमा भएका किसानहरुको जीविका र पेशालाई मर्यादित बनाउँदै देशकै अर्थतन्त्रलाई आत्मनिर्भरताको दिशातर्फ लैजानु पर्नेमा जोड दिनुभयो । कृषिप्रधान देश हुँदाहुँदै पनि, किसानहरुको बाहुल्य भएको देश हुँदाहुँदै पनि लामो समयदेखि हामी हरेक चिज विदेशबाट ल्याउनु पर्ने र परनिर्भर हुँदै जाने डरलाग्दो रोग देशमा देखा परेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, सबै किसानलाई सङ्गठित र जागरुक गराउन आवश्यक छ, उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छ । मासु, अण्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको उहाँले बताउनुभयो । संविधानले नेपालको अर्थ व्यवस्थालाई तीन खम्बे नीति भनेर परिभाषित गरेको छ । उहाँले भन्नुभयो, त्यसमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढ्छ । अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको बताउनुभयो ।
समाजमा पछि परेका समुदायलाई सङ्गठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । नेपाल कृषि, सहकारी केन्द्रीय सघले कूल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो । जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ ।

शेयर गरौ

ताजा अपडेट