चितवन आएका पर्यटकलाइ ठाउँठाउँमा स्वागत : जिल्ला भरी भ्रमण वर्षको भब्य कार्यक्रम

चितवन १६ पुस । भ्रमण वर्षको पहिलो दिन आज जिल्लाभरी पर्यटकलाइ सास्कृतिक कार्यक्रमका साथ स्वागत गरिएको छ ।

सरकारले महोत्सबको रुपमा मनाउन लागेपछी जिल्लाका पर्यटकिय क्षेत्रमा पाउनालाइ आज स्वागत गरेका हुन । हवाइ मार्ग भएर चितवन आएका पर्यटकलाइ भरतपुर विमान स्थलमा स्वागत गरिएको हो । त्यस्तै गरि पटिहानी क्षेत्रमा बसबाट पुगेका पर्यटकलाइ बाजागाजा सहित स्वागत गरिएको छ । यस्तै गरि सौराहामा पनि पहिले आउने पर्यटकलाइ निशुल्क बस्ने व्यबस्था गरेका छन ।

भरतपुरमा आएका पर्यटकलाइ  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,प्रदेश सभा सदस्य विजय सुवेदी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,पर्यटन व्यवसायी लगाएतको उपस्थितिमा स्वागत गरिएको थियो ।

शेयर गरौ

ताजा अपडेट