पर्यटन वर्षको सौराहामा भव्य स्वागत : पूर्वाधार निर्माणमा प्रदेश सरकारको जोड

चितवन समाचार डटकम,
१४ पुस । ३ नम्बर प्रदेश सरकारले चितवनको सौराहाबाट भ्रमण वर्ष २०२० को भव्य रुपमा सुरुवात गर्ने भएको छ ।
३ नं. प्रदेशको पर्यटन मन्त्रालयले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी संघीय सरकारले काठमाण्डौमा प्रदेश सरकारले सौराहामा भव्यरुपमा कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपालले जनवरी १ (पुस १६ गते) सौराहामा पर्यटन वर्षको स्वागत गर्दै छौ, जनताले आफ्नै कार्यक्रम हो भनी सफल बनाउनु अनुरोध गर्दछु ।
प्रदेश अन्तरगर्तको १३ वटै जिल्लामा पर्यटकी पूर्वाधारको कार्यक्रमलाई मन्त्रालयले प्राथमिकता दिएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘पर्यटकीय क्षेत्रका लागि प्रदेश सरकारले १ अर्व ६५ करोड रुपियाँ बजेट छुट्टाएको छ, यसले केही काम गर्न हामी सक्छौ ।’ अन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि हिमालदेखि तराइसम्मका जिल्लामा पूर्वाधार निर्माणको कार्यक्रम तिब्र रुपमा अगाडि बढेको जानकारी दिनु भयो ।
छोटो समयको हिमाल यात्रा गर्न चाहनेहरुको लागि काठमाण्डौबाट नजिकै रहेको जुगल हिमाल आरोहणका लागि खुला गरेको मन्त्री नेपालले जानकारी दिनु भयो । गएको वर्ष मात्रै यो हिमाल आरोहण गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ यस वर्षदेखि खुला गरेका छौ उहाले भन्नु भयो । प्रदेश अन्तरगतका जिल्लामा १० वटा नयाँ पर्यटकीय गन्तव्य, १० वटा हिल स्टेशन, ५७ वटा पर्यटनका पूर्वाधार पहिचान गरेको जानकारी दिनु भयो ।
उहाँका अनुसार २ वर्षमा २२ वटा पदमार्गको निर्माण सम्पन्न भइसकेको छ । चितवनको नारायणी नदी किनार र मकवानपुरको इन्द्रसरोबरमा पर्यटन स्तम्ब निर्माण गर्ने गरी काम अगाडि वढेको छ । प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माणमा जोड, पहिले नेपाल त्यसपछि विदेश भन्ने सन्देश दिने कार्यक्रमलाई अगाडि वढाएको मन्त्री नेपालले जानकारी दिनु भयो ।
पर्यटन वर्ष २०२० लाई जनताले आफ्नो कार्यक्रमको रुपमा नलिए सरकारले मात्रै सफल बनाउन नसकिने भएकाले यसलाई सफल बनाउन सबैसंग आग्रह गर्नु भयो । घुम्न आउने पर्यटकलाई सर्वसुलभ रुपमा बासको व्यवस्था, अतिथि सत्कार गरेर धेरै पर्यटक आउने वातावरण बनाउने काम सबैको भएकाले यसलाई ध्यान दिन आग्रह गर्नु भयो । चितवनको सौराहामा अपरान्ह ४ बजेदेखि विभिन्न सास्कृतिक कार्यक्रम गरी पर्यटन वर्षको भव्य रुपमा स्वागत गर्ने भएकाले सबैले सहयोग गर्न अनुरोध गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट