शुल्क बृद्धिको विरोधमा पब्लिक क्याम्पसमा तालाबन्दी

चितवन, १४ पुस । शुल्क बृद्धिको विरोधमा चितवनका पब्लिक क्याम्पसमा विद्यार्थी संगठनले अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।
विद्यार्थीले अध्ययन गर्ने शुल्कमा १२ देखि ३० प्रतिशतसम्म बृद्धि गरेपछि आइतबार साँझबाट क्रियाशील विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन् । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु चितवनका नेता प्रकास आचार्यले भन्नु भयो ‘पब्लिक क्याम्पसहरुको वैठकले साउन महिनादेखि लागु हुने गरी शुल्क बृद्धि गरेपछि आन्दोलन गर्न बाध्य भएका हौ ।’ विद्यार्थी संगठनसंगको सहकार्य विना आफूखुसी १२ देखि ३० प्रतिशतसम्म शुल्क वृद्धिगरेपछि क्याम्पस कमिटीको अगुवाइमा तालाबन्दी गरिएको छ । बृद्धि भएको शुल्क फिर्ता नभएसम्म तालाबन्दी नखोलिने उहाले बताउनु भयो ।
पब्लिक क्यामपस संघ चितवनका सचिव मणिराज महतोले भन्नु भयो ‘सरकारले कर्मचारीको तलब बृद्धि गरेको छ, अहिलेकै शुल्कमा सेवा सुविधा दिन सक्दैनौ ।’ सरकारले पब्लिक क्याम्पसलाई कुनै रकम दिदैन, आफ्नो कुनै आयस्रोत छैन त्यसैले विद्यार्थीबाट लिने शुल्कबाटनै सेवा दिने हो उहाले भन्नु भयो । आइतबार बसेको बैठकले निर्णय गरेपछि लगतै विद्यार्थीले भरतपुरको सप्तगण्डकी क्याम्पस, बालकुमारी क्याम्पस, कन्या क्याम्पस, रत्ननगरको सहिद स्मृति क्याम्पसमा तालाबन्दी गरेका छन् उहाले भन्नु भयो । शुल्क बृद्धिको विरोधमा विद्यार्थीले सप्तगण्डकी क्याम्पसमा साँझ तोडफोड गरेका छन् ।
क्याम्पसमा क्रियाशील चार विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ती जारी गर्दै अबको ४८ घण्टा भित्र शुल्क वृद्धि फिर्ता गर्न माग गरेको हो । विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धितत्काल फिर्ता गरेर नयाँ वातावरण सृजना गर्न क्याम्पस प्रशासनलाई अग्रह गरेका छन् ।

शेयर गरौ

ताजा अपडेट