काठमाडौ १४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकको निर्णयप्रति असहमति जनाएका बरिष्ठ नेता रामचन्द्र पौडेलसंग भेटेर बार्ता टोलीका संयोजकसमेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीभित्र सहमति कायम गरी अघि बढ्न आग्रह गरेका छन्।
पौडेल पक्षीय नेताहरुले पटक पटक केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि सभापति देउवाले डाकेको बिहिबारको बैठकले पार्टीको महाधिबेशन कार्यतालिका, बिभागको संख्या बढाउने तथा भातृसंस्थासम्बन्धी निर्णय गरेको थियो।
बरिष्ठ नेता पौडेललाई भेट्न उपसभापति निधि सोमबार बिहान पौडेल निवास बोहोराटार पुुगेका थिए। निधिसंगको भेटमा पौडेलले बहुमतका नाममा सभापतिले पेलेर अघि बढ्न खोजेकोप्रति आपत्ति जनाउँदै निर्णय सच्याउनुपर्ने बताएका थिए।
सो भेटमा पौडेल पक्षका बार्ता टोलीका सदस्य ह्रदयराम थानीसमेत थिए। त्यसक्रममा निधि र थानीले आफहूरु सहमति नजिक पुुगेको बताएका थिए। भेटमा निधिले आशंका दूर गर्न र समस्याको समाधान गरी अघि बढ्न पौडेलसंग आग्रह गरेका थिए।
यसैबीच, कांग्रेसले राष्ट्रिय सभामा रिक्त सदस्यको चुनाब, सभामुखको चुनाब लगायतका बिषयमा छलफल गर्न यहि पुस १७ गते केन्द्रीय कार्य समितिको बैठक बोलाउने तयारी भइरहेको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।
निधि र पौडेलबीच उम्मेद्वार तय गर्ने तथा संघीय समाजबादी लगायतका दलहरुसंग तालमेल गर्न सकिने लगायतका बिषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय सभा चुनाबका बिषयमा छलफल गर्न पौडेलले आप्mनो तर्फबाट नेता डा. मिनेन्द्र रिजाललाई जिम्मेवारी दिएको उपसभापति निधिसंग बताएका थिए।


