काठमाडौ १० पुस । काठमाडौं उपत्यकाको तापक्रम आज बिहान शुन्य दशमलब नौ डिग्रीमा झरेको छ। आज यो बर्षकै अहिलेसम्मकै कम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि आजै विहान तापक्रम एक डिग्री मापन गरिएको थियो। अन्तर्राष्ट्रिय समयअनुसार पौने ९ बजेको मापनलाई आधिकारिक न्यूनतम तापक्रम मानिन्छ। उपत्यकाको तापक्रम पनि यो बर्ष माइनसमा झर्ने सम्भावना मौसमबिदले औल्याएका छन्। बुधबार उपत्यकाको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको थियो।
बुधबार राति आकाश खुलेसँगै काठमाण्डौसहित धेरै ठाउँको तापक्रम घटेको महाशाखाले जनाएको छ। केही दिनदेखि उपत्यकादेखि देशैभर चिसो बढने क्रममा रहेको छ।
दुईदिनदेखि उपत्यकामा तुषारो समेत पर्न थालेको छ। तराइ क्षेत्रमा पनि बाक्लो हुस्सु र शितलहर लागेको छ। तराईमा अझै पनि राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रम अझै घट्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविदले आग्रह गरेका छन्।


