चितवन ९ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरता जोगाउनु अबको आवश्यकता रहेको बताउनु भएको छ ।
पूर्वी चितवनको रत्ननगरमा आयोजना भएको नेपाल जेसिजको ४६ औं महाधिवेशनको उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाले लामो संघर्षपछि आएको यो उपलब्धी जोगाउने दायित्व हाम्रो काँधमा आएको बताउनु भयो ।
राजनीतिक उपलब्धी रक्षा गर्नको लागि सबै दलहरु एक हुनु पर्दछ उहाले भन्नु भयो विभिन्न शक्तिहरुको चलखेल चलिराखेकाले त्यसलाई निस्तेज पार्नको लागि पनि सबैको साथ आवश्यक रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘हाम्रा छिमेकी दुई देश अन्तरराष्ट्रिय शक्ति बन्दै गईरहेकाले त्यो इन्टे«ष्टबाट पनि मुलुक भित्र केही कुनै काम हुन सक्छ’–उहांले भन्नुभयो–‘त्यही भएर विवेक पु¥याएर सबैले भौगोलिक अखण्डता जोगाउन सबैले ध्यान दिन जरुरी छ ।’
नेपाल सानो देश भनिएपनि यो भन्दा पनि धेरै साना देशहरु रहेको बताउदैं उहांले साना भएपनि नेपाल राजनीतिक स्थायित्वसंगै विकास निर्माणमा धेरै अगाडि रहेको बताउनुभयो । उहांले नेपालले प्राप्त गरेको शान्ति प्रक्रिया, शान्ति सम्झौता, लोकतान्त्रिक संविधान र अहिले भईरहेको विकासले अन्तरराष्ट्रिय क्षेत्रमै धेरैको ध्यान पुगेको उल्लेख गर्नुभयो ।
उहांले कुनै बेला आफुपनि युवाहरुको संस्थापक अध्यक्ष नै भएर काम गरेको छु, यो स्थान सम्म आईपुग्न पनि युवाकालमा सिकेका धेरै चिजले मलाई मद्यत पुगेको छ भन्दै यो हाईपोथेटिकल लाग्न सक्छ, तर त्यस्तो नभएको बताउनु भयो । उहाले युवाले नै देशको मुहार फेर्न सक्ने भएकाले यहीबाट नेतृत्व लिन सक्ने व्यक्ति जन्मने बताउनु भयो । उहाले भन्नु भयो युवाको काँधमा देशको अभिभारा छ यसलाई हामीले मनन् गरेका छौ ।
जेसिजका युवाहरुलाई लक्षित गर्दै उहांले संसार तपाईको हो र हाम्रो पनि हो । त्यसमा पनि मुख्य गरेर युवाहरुको हो । त्यसैले उदाउदो सूर्य जस्ता युवाहरु रहेको अनुशासनमा रही सभ्य समाज बनाउने संकल्पका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । जेसिजको ३ वटा महाधिवेशनमा सहभागी भएको बताउदैं उहाँले युवाहरुको व्यक्तित्व र नेतृत्वमा जेसिजको महत्वपुर्ण भूमिका भएको उल्लेख गर्नुभयो ।


