महिला उद्यमी मेला नारायणगढमा सुरु

संगीता बानिया थापा

चितवन, ५ पुस । महिला उद्यमीको सक्रियतामा चितवननको नारायणगढमा महिला उद्यमी मेला २०७६ सुरु भएको छ ।
उद्योग वाणिज्य संघ चितवनको आयोजना तथा महिला उद्यमी विकास समितिको आयोजनामा उद्योग वाणिज्य संघको परिसरमा मेला सुरु भएको हो । मेलाको शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्दै महिलाको सक्रियता राम्रो भएको बताउनु भयो । महिलाले अरुको सहयोगमा मात्र गर्न सक्छन् उनीहरु आफै केही गर्न सक्दैनन भन्ने समाजलाई मेलाले राम्रो जवाफ दिएको बताउनु भयो ।
उद्यम गर्न महिलापनि सक्षम छन् भन्ने कुरा यस्ता मेलाले देखाउने भएकाले यस क्षेत्रमा अब महिलाको सक्रियता वृद्धि गर्नु पर्ने बताउनु भयो । उहाले ७५३ वटा स्थानीय सरकार भएको देशमा दुइ दर्जन स्थानीय सरकारको नेतृत्व महिला भएको बताउनु भयो । उद्यम मात्र होइन अब अवसर पाए सरकार सञ्चालन गर्न सक्दछन् भन्ने उदहाहरण प्रसस्त भएको बताउनु भयो ।
प्रमुख दाहालले महानगरपालिकाले मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै महिलालाई प्राथमिकता दिएकाले आउदा दिनमा काममा सक्रियता देखाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उवासंघ–चितवनले महिला उद्यमशिलता विकासमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनु भयो । महिला उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउँदै लैजादा उत्पादन गरेका सामग्रीको बजारिकरण गर्नको लागि सबैको सहयोग आबश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डा. तिलचन्द्र भट्टराई, नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, महिला उद्यमीद्वय रजनी मास्के र योगिता पियाले महिला उद्यमीहरु अवको समयको माग भएको बताउनु भयो ।
पुस ७ गतेसम्म सञ्चालन हुने मेलामा घरेलु, साना उद्योग, लघु उद्योग एवम् हस्तकलाका ३५ वटा स्टल रहेका छन् । महिला उद्यमशिलताको विकास, महिला सशक्तिकरण र आर्थिक निकास भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघ–चितवन, महिला उद्यमी विकास समितिको आयोजनामा मेला सञ्चालन गरिएको हो ।

शेयर गरौ

ताजा अपडेट