झण्डै चारसय जना महिला बेचिनबाट जोगिए, आठ जनालाई जेल सजाय

चितवन समाचार डटकम
चितवन, ५ पुस । माइती नेपाल चितवनले गएको पाँच वर्षमा ३ सय ९१ जना महिलालाई बेचिनबाट जोगाएको छ ।
मानव बेचविखन विरुद्धको क्षेत्रमा भएको कामको विषयमा जानकारी दिने उद्देश्यले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी जिल्लाको अवस्थाको विषयमा जानकारी गराएको हो । भारतको बाटो हुदै अन्यत्र देश र भारतमा बिक्रीका लागि लैजान लागेको महिलालाई उद्दार गरी आफन्ताको जिम्मा लगाएको जानकारी दिएको छ ।
माइती नेपाल चितवनका प्रमुख इश्वर गिरीले भन्नु भयो ‘प्रलोभनमा परेर आफू बेचिन लागेको समेत थाहा नपाउने अवस्था रहेकाले यसलाई रोक्न सबैको साथ आवश्यक रहेको छ ।’ बेचिनबाट जोगिएका ३ सय ९७ जना महिला बालबालिकालाई पुर्नमिलन गर्न सफल भएको उहाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयको सहयोगमा बिक्री हुन लागेका महिला तथा बालबालिकालाई बचाएर परिवारको जिम्मा लगाउन सफल भएको जानकारी दिएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार अग्रेजी वर्ष सन् २०१५ मा ७ जना, २०१६ मा एकसय २ जना, २०१७ मा ९२ जना, २०१८ मा एकसय १८ जना र २०१९ मा ७२ जनलाई बिक्री हुन लागेको अवस्थाबाट बचाउने काम भएको सस्थाका मनोविमर्शकर्ता जयन्ती खनालले जानकारी दिनु भयो । सस्थाले राखेको सिमा बुथबाट गएको पाँचवर्षमा एकहजार ६ सय २ जनालाई सिधै घरमा पठाउन सफल भएको छ ।
पत्रकार सम्मेलनमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले मानव बेचविखन बिरुद्धको कार्यमा एउटा सस्थाको मात्र पहलले समस्या समाधान हुन नसक्ने बताउनु भयो । माइती नेपालले गरेको जस्तै कार्य अन्य संघ सस्थाको पनि क्रियाशीलता आवश्यकता रहेको बताउनु भयो ।
पाँच वर्ष यता मानवबेच विखन तथा जबरजस्ती करणीको विषयमा सस्था मार्फत मुद्दा दर्ता गराएर न्याय दिन सफल भएको जानकारी दिएको छ । यस क्रममा २२ वटा मुद्दा मध्य ८ वटा फैसला भएर पीडितले अधिकतम ४० वर्षसम्म जेल सजाय पाएको प्रमुख गिरीले जानकारी दिनु भयो । ४ वटा मुद्दाका पीडितले वयान फेरेर दोषीहरुले सफाइ पाएका छन् । बाँकी १० वटा मुद्दा जिल्ला अदालतमा बिचाराधिन रहेको छ । मानव बेचबिखनको क्षेत्रमा सबैको साथ र सहयोग भएमा मात्र यसमा काम गर्न सकिने उहाले बताउनु भयो । मानवबेचविखनको कार्यलाई रोक्नको लागि यातायात क्षेत्रमा काम गर्ने चालह सहचालकलाई प्रशिक्षण आवश्यक रहेको अनुसन्धानको क्रममा आफूले जानकारी पाएको सस्थाले जनाएको छ । यातायातका कर्मचारीको सहयोगमा समेत बेचिनबाट महिला जोगिएकाले यसमा ध्यान जानु पर्ने जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट