चितवनको दुइ स्थानमा सवारी दुर्घटना : पिकअप भ्यानका पौडेलको मृत्यु

चितवन १ पुस । पूर्वी चितवनको भालुटारमा आज साँझ सवारी दुर्घटना हुदा एकजना युवाको मृत्यु भएको छ ।
इच्छाकामना गाउपालिका ७ बाट पदमपुर तर्फ आउदै गरेको ना १ च ९४१२ नंम्बरको पिकअप भ्यानले बा ५५ प ७४१४ नं.को मोटरसाइकललाई ठक्कर दिदा भ्यानमा सवार ३५ वर्षीय सुरज पौडलेको मृत्यस भएको हो । इच्छाकामना गाउपालिकाको भालुटारमा रोकिराखेको मोटरसाइकललाई पिकअप भ्यानले ठक्कर दिएपछि भ्यान अनियन्त्रित भइ पल्टिएको थियो ।
भ्यानमा चढेका रत्ननगर नगरपालिका वडा नं. १० का ३५ वर्षीय पौडेल गम्भिर घाइते भइ पुरानो मेडिकल कलेजमा उपचार गराउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनु भयो । साँझ सवा ७ बजे दुर्घटना भएको थियो । घाइते पौडेलको उपचारको क्रममा साँझ ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना स्थल अस्थायी प्रहरी चौकी पदमपुरबाट ८ किलोमिटर उत्तर तर्फ रहेको छ । पिकअप भ्यानका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
यस्तै गरी रत्ननगर नगरपालिकाको भक्तेनी बगैचामा मोटरसाइकल दुर्घटना हुदा एकजना गम्भिर घाइते भएका छन् । रत्ननगर नगरपालिका १ को भित्री सडकमा सौराहाबाट आउदै गरेको ना ६ प ३९४५ नम्बरको मोटरसाइलक र वनटेष्ट मोटरसाइकल एकआपसमा ठोक्किदा ना ६ प ३९४५ नम्बरमा चढेका करिब ३२ वर्षीय एक पुरुष व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइराखेको छ । अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट