लागत मुल्य नपाएको भन्दै सडकमा अण्डा फालेर बिरोध

 

चितवन, १ पुस । बिचौलियाका कारण मुल्य नपाएको भन्दै चितवनको अण्डा उत्पादक किसानले सडकमा फालेर विरोध जनाएका छन् ।
बिचौलिकाको अन्त्य हुनु पर्ने, लागत मुल्य उठ्नु पर्ने, भन्दै आज भरतपुरको चौविसकोठीमा अण्डा सडकमा फालेर विरोध गरेका हुन् ।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फालेको अण्डा उत्पादक संघका केन्द्रिय कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । बिचौलीया आफैले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँच जना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको बताउनु भयो ।

उनिहरुले जिल्ला प्रहरी कार्यालय परिसरबाट चोविसकोठीसम्म नाराबाजी गर्दै ¥याली समेत निकालेका थिए । उनिहरुले किसान मारा विचौलिया मुर्दाबाद, अण्डा उत्पादक किसान माथिको हस्तक्षेप बन्द गर, देशभरिबाट गिरफ्तार किसानहरु तुरुन्त रिहा गर लगाएतका नारा लगाएका थिए । चितवनमा करिब ४ सय जना अण्डा उत्पादक किसान छन् ।
अण्डा उत्पादक किसानले लागत अनुसार मुल्य नपाएको भन्दै एक वर्ष अगाडिदेखि गुनासो गर्दै आएका छन् । यस्तै गरी ह्याचरी उद्योगले मुल्य नपाएको भन्दै १० दिनको लागि चल्ला उत्पादन बन्द गराएका छन् । चल्ला उत्पादन गरे उनीहरुको चल्ला नियन्त्रणमा लिएर नष्ट समेत गराएका छन् ।

शेयर गरौ

ताजा अपडेट