लुकेर जमिन मुनीको कोठामा यौन धन्दा, तीनजना नियन्त्रण

चितवन, ३० मंसिर । चितवनको जुगेडीको एक होटलको जमिन मुनीको कोठामा लुकाएर यौन धन्दा गरेको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डौबाट हराएका युवतीलाई जुगेडीको होटलाको अण्डरग्राउण्ड कोठामा लुकाएर जबरजस्ती यौन धन्दामा लगाएको अभियोगमा चितवन प्रहरीले होटल सञ्चालक सहित तीन जनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं डेरा गरी बस्ने १४ र २२ वर्षका युवती गएको कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरु मुग्लिन नारायणगढ सडक खण्डको जुगेडीमा फेला परेका हुन् । ‘उनीहरुको खोजी कार्य चितवन प्रहरीले पनि गरेको थियो। मोबाइल फोनको लोकेसन खोज्दै जाँदा उनीहरु जुगेडीमा रहेको एउटा होटलमा बसेको बेलामा फेला परेको प्रहरीले जनाएको छ । होटलबाट पनि भगाएर उनीहरुलाई अन्यत्र लैजान खोजेका बेलामा प्रहरीले उद्दार गरेको चितवन प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरिक्षक दानबहादुर मल्लले जानकारी दिनु भयो ।

ती युवतीहरुलाई भरतपुर महानगरपालिका–२९ जुगेडीमा सञ्चालन भएको होटलमा राखेर जर्बजस्ती यौन कार्यमा संलग्न गराउने गरेको एसपी मल्लले बताउनु भयो । प्रहरीले होटल सञ्चालक जुगेडीका ५० वर्षीय जंगबहादुर क्षेत्री र ३९ वर्षीया निर्मला थापा क्षेत्रीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राईलाई पनि सोही आरोपमा नियन्त्रणमा लिएको हो ।

‘रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएको खुलेको छ’ एसपी मल्लले भन्नु भयो उनीहरु शनिबार समातिएका हुन् ।

शेयर गरौ

ताजा अपडेट