मेरो सपना हो दवंग, अब अर्को पनि बनाउदै छु

मुम्वइ ३० मंसिर । बलिउड सुपरस्टार नायक सलमान खानको बहुप्रतिक्षीत फिल्म ‘दबंग ३’ प्रदर्शन कुरेर बसेको छ । उनको यो फिल्मलाई लिएर दर्शकमा उत्सुकता छाएको छ ।
दवंग ३ प्रदर्शनमा नआउदै उनले ‘दबंग ४’ बनाउने तयारी गरेको भनेपछि वलिउडमा हंगामा भएको छ । प्रभु देवा निर्देशित फिल्म ‘दबंग ३’ रिलिजपछि चौथो श्रृंखलाको तयारीमा जुट्ने उनको भनाई छ ।

उनले भनेका छन्, ‘दबंग ३’ पछि ‘दबंग ४’ को तयारीमा जुट्ने छौं ।’ ‘दबंग’ को प्रिक्वेल हो ‘दबंग ३’ । यो फिल्ममा चुलबुल पान्डे र रज्जोलाई त्यो समयको देखाइनेछ, जब उनीहरु कम उमेरका थिए । कम उमेरकी रज्जोको भूमिका सई मान्जरेकरले निभाएकी छन् । उनले ‘दबंग ३’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । रिलिज अगावै उनको सुन्दरताको निकै चर्चा भैरहेको छ ।

‘दबंग’ को प्रिक्वेलको आइडियाबारे अभिनेता सलमानले भनेका छन्, ‘कहिले काहिँ एक फिल्मले तपाईंलाई अघिल्लो फिल्मका लागि आइडिया दिने गर्छ । ‘दबंग ३’ मा हामी रज्जोका पिता जड्याह कसरी बने र चुलबुलको रज्जोसँग कसरी भेट भएको थियो भन्ने देखाउँदैछौं । फिल्म हेरेपछि थाहा हुन्छ कि कहाँबाट कहाँ निस्कियौं हामी ।’ ‘दबंग ३’ को कथा सलमान स्वयंले लेखेका हुन् ।

‘दबंग ३’ मा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ फिल्मका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । २० डिसेम्बरमा प्रदर्शनमा आउन लागेको फिल्मलाई अरबाज खानले निर्माण गरेका हुन् । ‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो । फिल्मको गीतसंगीत अहिले चर्चामा छ ।
दवंग पहिलो हिट भएपछि यही नाम राखेर सलमान खानले अरु फिल्म बनाएका हुन् । भारतीय फिल्म बजारसंगै अन्य देशमा पनि सलमानको क्रेज बढेको छ । उनको यो फिल्म हेर्नको लागि दर्शक तयार भएर बसेका छन् ।

शेयर गरौ

ताजा अपडेट