चितवन समाचार डटकम
चितवन २७ मंसिर । ३ नं. प्रदेश सरकारले चितवनको सौराहामा हुने हात्ती महोत्सवबाटै पर्यटन वर्षको घोषणा गर्ने भएको छ ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को शुरुवातको समयमा नै आयोजना हुने हात्ती दौड तथा महोत्सबले पर्यटन वर्षको तयारीको लागि काम गर्ने भएको हो । क्षेत्री होटल संघ सौराहाका पूर्व अध्यक्ष नारायण भट्टराइले भन्नु भयो ‘ पुस १० गतेबाट आयोजना हुने हात्ती महोत्सवबाटै प्रदेश सरकारले पर्यटन वर्षको घोषणा गर्ने तयारी गरेको हो ।’ प्रदेश सरकारसंग छलफलको अन्तिम तयारी भइसकेकाले हात्ती महोत्सवलाई विशेष बनाउने तयारी भएको हो उहाले भन्नु भयो ।
पुस १० देखि १४ गर्नेसम्म आयोजना हुने हात्ती दौड यस वर्ष लम्बिने भएको छ । भ्रमण वर्षको रुपमा महोत्सवलाई लिने भएकाले १० दिनसम्म महोत्सबलाई लम्ब्याउने तयारी भएको हो भट्टराइले भन्नु भयो । पुस १५ गतेदेखि भ्रमण वर्षको २०२० को सुरुवात हुदैछ । त्यस भन्दा अगाडिनै हात्ती महोत्सब हुदैछ ।
क्षेत्रीय होटल संघको आयोजना हुने महोत्सबमा हात्ती दौड, हात्ती सुन्दरी, हात्ती बिच हुने फुटवल, हात्तीलाई बनभोज, टांगा दौड, जंगल सफारी, डुंगा दौड, विभिन्न सास्कृतिक प्रस्तुती देखाइने छ । हात्ती महोत्सबको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तयारी भएको छ । हात्ती महोत्सब सौराहाको बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा आयोजना हुदैछ ।


