भरतपुर, २६ मंसिर –
भरतपुर महानगरपालिका–१२ चितवनमा रहेको प्रेरणा स्कुलमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल जुनियर रेडक्रस सर्कल प्रेरणा स्कुल र ड्रिम्स नेपालको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको प्रेरणा स्कुलका प्राचार्य मोहन लामाले बताउनु भयो ।
प्राचार्य लामाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा रहेका थिए ।



