चितवन २४ मंसिर । लक्की मिडिया हाउसले नेपाली सिने तथा कला क्षेत्रका कलाकार तथा स्थानीय उद्योगी व्यवसायीलाई सम्मान गरेको छ ।
चलचित्र “कबड्डी कबड्डी कबड्डी“ को बिशेष शोको अबसर पारेर बिभिन्न क्षेत्रमा बिशेष योगदान दिनुभएका व्यक्तिहरुलाई भरतपुरको सिजी सिनेप्लेक्समा सम्मान गरेको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा चितवनका युवा उद्यमी रुबिन रामुदामु रहनु भएको थियो ।
सम्मानित हुनेहरुमा हास्य कलाकार राजाराम पौडेल, लक्ष्मी गिरी, अभिनेत्री एवं निर्मात्री रोशनी केसी , बर्षा राउत र रंगपत्रकार बिना श्रेष्ठ रहेका छन् । व्यवसायी अर्जुन रानाभाट कमलप्रसाद पराजुली, साहासिक साइकल अभियन्ता रुक्मिणी सापकोटा सम्मानित भएका छन । उनीहरुलाई खादा, प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले मोफसलमा गरिने यस्ता कार्यक्रमले कलाकारलाई उर्जा मिल्नुको साथै कलाकारिता क्षेत्रको प्रर्वद्धनमा टेवा पुग्ने बताउनु भयो ।
लक्की मिडिया हाउसका चितवनका अध्यक्ष बाबुराम अधिकारी, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की“,लगायतले मन्तव्य राख्नु भएको थियो । प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिएको छ ।


