वडा अध्यक्षलाई बोक्साको आरोपमा कालोमोसो : सर्वत्र विरोध

" दोषी पक्राउ, हदैसम्मको कार्बाहीको माग गर्दै किटानी जाहेर"

चितवन समाचार डटकम 
२४ मङसिर । चितवनको इच्छाकामना गाउपालिका २ का वडा अध्यक्ष पञ्चवहादुर चेपाङलाई बोक्साको आरोपमा दुव्र्यवहार गरी मानव मलमुत्र खुवाउने प्रयास भएको छ ।
वडा कार्यालय सार्ने विषयलाई लिएर इच्छाकामना गाउपालिका वडा नं. २ को हपनीमा शनिबार साँझ चेपाङसहित स्थानीय प्रकास वुढाथोकीलाई कालोमोसो दलेर जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास भएको थियो । अमानवीय कार्य गरेको भन्दै दोषी उपर कार्वाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय चितवनमा सोमबार किटानी जाहेरी परेको छ ।
नेपाल चेपाङ संघ ३ नं. प्रदेश कार्यकारिणी समितिका अध्यक्ष खुसीलाल चेपाङले वडा कार्यालय सार्ने विषयमा विवाद बढेर बोक्साको आरोप लगाइ अमानवीय काम भएको जानकारी दिनु भयो । ‘अल्पसख्यक चेपाङ जाति त्यसमाथि पनि अपाङग व्यक्तिलाई क्रुर व्यवहार भएको छ’ उहाले भन्नु भयो ‘यस्तो व्यवहार गर्नेलाई हदैसम्मको कार्वाही गर्नु पर्दछ ।’
समस्या भए समाधानको बाटो अरुनै माध्यम हुदाहुदै अमानवीय कार्य गर्नेलाई कार्वाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय चितवनमा संघले ज्ञापन पत्र समेत दिएको छ । चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गोविन्दराम चेपाङले भन्नु भयो ‘जनप्रतिनिधिलाई समेत यस्तो अमानवीय कार्य गर्नेहरुले अरु सर्वसाधारणलाई कस्तो गरेका होलान ।’ दोषीलाई हामी कार्बाहीको माग गर्दछौ उहाले भन्नु भयो ।
इच्छाकामना गाउपालिकाका स्थानीय लक्ष्मण चेपाङले भन्नु भयो ‘वडा नं. २ को कार्यालय वरल्याङमा राखिएको थियो । त्यो स्थान पायक नपरेपछि हपनीको विद्यालयको एउटा कोठाबाट कार्यालय सञ्चालन भएको थियो । विद्यालयबाट सञ्चालन गर्न भन्दा नजिकै रहेको सामुदायिक भवनबाट सञ्चालन गर्नको लागि गाउँपालिकाले निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार वडा कार्यालयको सामग्री सामुदायिक भवनमा शनिबार साँझ सार्ने क्रममा स्थानीयले विरोध गर्दै वडा अध्यक्ष पञ्चबहादुर चेपाङ र प्रकास वुढाथोकी माथि दुव्र्यबहार भएको हो । ’
शनिबार साँझ भएको दुव्र्यबहारको सोमबार मात्रै किटानी जाहेरी प्रहरी कार्यालयमा दर्ता भएको छ । जाहेरीपछि दुइजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले भन्नु भयो ‘किटानी जाहेरीको आधारमा विर्खबहादुर गुरुङ र उत्तरकुमार गुरुङलाई नियन्त्रणमा लिएका छौ ।’ नियन्त्रणमा परेका व्यक्तिसंग अनुसन्धान भइराखेको कोइरालाले जानकारी दिनु भयो ।
दुव्र्यवहार गरेको भन्दै पीडितका पक्षबाट पाँच जना व्यक्ति माथि किटानी जाहेरी परेको छ । दुव्र्यवहार गर्नेहरुमा विर्खबहादुर गुरुङ, उत्तरकुमार गुरुङ, विजय गुरुङ, गीता गुरुङ, जोखालाल चेपाङ रहेका छन् ।
वडा अध्यक्षहरु द्वारा काम ठप्प
असुरक्षाको कारण देखाउदै इच्छाकामना गाउपालिकाका वडा अध्यक्षहरुले कामकाज ठप्प पारेका छन् । जनताको सेवाको लागि काममा खटिएको समयमा दुव्र्यवहार भएको भन्दै वडा अध्यक्षहरुले काम नगरेका हुन् । ७ वटा वडा रहेको गाउँपालिमा ४ र ५ नं. बाहेक सबैमा काम ठप्प भएको गाउपालिका अध्यक्ष गिता गुरुङले जानकारी दिनु भयो । सुरक्षाको प्रत्याभुती नहुदासम्म काम नगर्ने वडा नं. ६ का अध्यक्ष भुपेन्द्र चेपाङले बताउनु भयो ।

दोषीलाई कार्वाही गर्न नेकपाको माग
नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले विज्ञप्ति प्रकाशित गरी दोषी माथि कार्बाही गर्न सरकारसंग माग गरेको छ । पार्टीका वडा सचिव तथा वडा अध्यक्ष पञ्चबहादुर चेपाङ र वडा कमिटी अध्यक्ष प्रकास वुढाथोकीमाथि भएको अमानवीय व्यवहारको भत्सना गर्दै दोषीलाई कार्वाही गर्न माग गरेको हो ।
वडा कार्यालय सार्ने विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताहरुले कालोमोसो दल्ने, जुत्ताको माला लगाउने, पञ्चबहादुरलाई मानव मलमुत्र खुवाउने प्रयास गर्ने जस्ता कार्य गरेको भन्दै आपत्ती जनाएको हो । नेकपाका जिल्ला अध्यक्ष यमवहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले विज्ञप्ति जारी गरी दोषीलाई कार्वाही गर्न माग गर्नु भएको छ । घाइते दुवैको भरतपुरमा उपचार गरी सोमबार नेकपाका नेता तेजेन्द्रबहादुर खड्काको टोलीले गाउपालिका पु¥याउनु लैजानु भएको छ ।

काँग्रेस चितवनको ध्यानाकर्षण
नेपाली काँग्रेस चितवनले झुठा मुद्दा लगाए आफ्ना पार्टीका स्थानीय नेतालाई पक्राउ गरेको भन्दै आपत्ती जनाएको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले विज्ञप्ती जारी गरी वडा कार्यालयको विषयमा विवाद रहदै आएकोमा समाधानको बाटा नखोजी पार्टीको कार्यकर्तालाई झुठा मुद्दा लगाइ पक्राउ गर्न नेकपाले लगाएको भन्दै आपत्ती जनाएको हो ।

शेयर गरौ

ताजा अपडेट