फुटवलमा नेपालको ऐतिहासिक जित : नेपाललाई ५१ स्वर्ण पदक

काठमाण्डौ २४ मंसिर । नेपालको लागि यस पटक घरेलु मैदान लाभदायक भयो । पहिलो पटक नेपालले ५१ वटा स्वर्ण पदक प्राप्त गर्न सकेको छ ।
३५ वर्षपछि फुटवल खेलमा दोस्रो पटक नेपालले घरेलु मैदानमा स्वर्ण जितेको छ । घरेलु मैदानको हिसाबले सन् १९८४ पछि यसै वर्ष फुटवलमा स्वर्ण जितेको हो ।

यसअघि सन् १९९९ मा आठौं संस्करणमा नेपाल फाइनल पुगे पनि बंगलादेशसंग १.० ले पराजित भएको थियो ।

यस पटक भने नेपालले भुटानलाई २.१ ले पारजित गर्दै घरेलु मैदानमा स्वर्ण जित्यो । यसबाहेक नेपालले सन् १९९३ र २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।

यस पटक ५ राष्ट्र सहभागी पुरुष फुटबलमा नेपालले अपराजित रहँदै स्वर्ण जितेको हो । दशरथ रंगशालमा करिब १५ हजार दर्शक अगाडि नेपाललाई स्वर्ण जिताउन अभिषेक रिजाल र सुनिल बलले गोल गरे । सन् १९९९ मा खेलाडीको रुपमा फाइनल हारेका प्रशिक्षक बालगोपाल महर्जनले यस पटक प्रशिक्षकको रुपमा स्वर्ण जिते ।

उनले खेलाडीको रुपमा न् १९९३ मा भने स्वर्ण जितेका थिए । खेलाडीको रुपमा १९९३ मै स्वर्ण जितेका मृगेन्द्र मिश्र, राजेश मानन्धर यस पटक कोचिङ स्टाफका रुपमा थिए भने राखेपका चिफ कोच मिलन भक्त हाडा टिमको सल्लाहकारका रुपमा थिए ।
अन्य खेलमा भन्दा फुटवलमा भएको जितलाई नेपालीले महत्वपूर्ण सफलताको रुपमा हेरेका छन् ।

शेयर गरौ

ताजा अपडेट