चितवनको भण्डारा मलेखु सडकमा अटो पल्टदा ५ जनाले ज्यान गुमाए

 

चितवन २१ मंसिर । चितवनको भण्डरामा मलेखु चेपाङ् मार्ग शनिबार साँझ यात्रु बोकेको अटो दुर्घटना हुदा ५ जनाले ज्यानु गुमाएका छन् ।
राप्ती नगरपालिका वडा नम्वर ४ बाट भण्डारा आउदै गरेको ना १ ह ६४०९ नम्वरको अटो सोही नगरपालिकाको वडा नं. ५ डुम्रेखाडी पुल नजिक अनियन्त्रीत भई पल्टिँदा ५ जनाले ज्यानु गुमाउनु परेको हो । दुर्घटना भएको हो

अटो पल्टिदा त्यसमा यात्रा गर्दै गरेका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एकनारायण कोईरालाले जानकारी दिनुभयो । मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिकाको पिपलटारीका ३५ वर्षिय श्यामप्रसाद तिवरी रहेका छन् । अन्यको भने नाम र ठेगाना खुल्न सकेको छैन । एक जना २६ वर्षिय पुरुषको कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाईते भई उपचारका लागि ल्याईएका मध्ये ३ जनाको पुरानो मेडिकल कलेजमा र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अटो प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी कोईरालाले बताउनुभयो ।
यो मार्गमा ठुला बस, जीप भ्यान, अटो चल्दै आएका छन् । पहाडी घुमाउरो सडक भएकाले दुर्घटनाको उच्च जोखिम रहेको प्रहरीले जनाएको छ । यो मार्गमा भण्डाराबाट केही किलोमिटर र मेलेखुबाट पनि केही किलोमिटर मात्र कालोपत्रे गरिएको छ । अन्य क्षेत्रमा ग्रावेल र माटोको सडक रहेको छ ।

शेयर गरौ

ताजा अपडेट