चितवन २१ मंसिर । आफ्ना हक अधिकारलाई शसक्त बनाउको लागि प्राविधिक शिक्षा परिषद सीटीइभीटीमा कार्यरत करार कर्मचारीको तदर्थ संघर्ष समिति गठन भएको छ ।
देशभरीबाट भेला भएका कर्मचारीको भेलाले राजेन्द्र भट्टको संयोजकत्वमा ९ सदस्यीय सिटिइभिटी करार कर्मचारी केन्द्रीय तदर्थ सर्घष समिति गठन गरेको हो । भरतपुरको नारायणी पोलिटेक्निक इष्टिच्युटमा भेला भएका कर्मचारीको संर्घष समितिको सह संयोजकमा प्रवेश साह रहनु भएको छ । समितिमा प्रत्येक पदेशबाट एकएकजना सदस्य रहने व्यवस्था गरेको छ । समितिमा दुइ जना मनोनित सदस्य रहने व्यवस्था रहेको सदस्य सुमन पौडेलले जानकारी दिनु भयो ।
लामो समयसम्म करारका काम गर्नु भएका व्यक्तिहरुलाई सेवा निवृत भएको समयमा राज्यले व्यवस्था गर्नु पर्ने, सिमित खुलाको व्यवस्था गर्नु पर्ने, करारमा काम गर्दै आउनु भएकाहरुलाई प्रकृया पूरा गरेर स्थायीमा लैजानु पर्ने, सामाजिक सुरक्षा विमामा सहभागी गराउनु पर्ने, करारमा जीवन विताउनु भएकालाई सेवाबाट जादै गर्दा गोल्डेन चेकको व्यवस्था गर्नु पर्नेलगायतका माग रहेका छन् । सीटीइभीटी अन्तरगत करामा काम गर्नेहरु २२ वर्ष सेवा पुगी सकेको पौडेलले जानकारी दिनु भयो । देशभरी अहिले १२ सय भन्दा धेरै करारका कर्मचारी रहेका छन् ।


