अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमीलाई

चितवन समाचार डटकम,
१९ मंसिर । नारायणगढमा भएको अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमी हात पारेको छ ।
लिटिल फ्लावर स्कुल नारायणगढले आयोजना गरेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा नगद पुरस्कारसहित ओमशान्ती एकाडेमीले कब्जा गरेको हो । चितवन, नवलपरासी, तनहु, रुपन्देही, गोरखाका गरी ४० विद्यालयका बालबालिकाहरु प्रतियोगितमा सहभागी भएका थिए । नृत्य प्रतियोगितामा एसओएस बालग्राम भरतपुर दोस्रो र बालकुमारी इङलिस स्कुल नारायणगढ तेस्रो भएको विद्यालयका स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिनु भयो ।
प्रथम हुनेले ३० हजार नगद, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद र ट्रफी पाएका छन् । सहभागी विद्यालयलाई सम्मान पत्र दिइएको छ । विद्यालय बिच हुने यस्ता प्रतियोगिताले आन्तरिक प्रतिभाको उजागर गर्ने आयोजक विद्यालय लिटिल फ्लावर स्कुल नारायणगढका प्राचार्य रविले बताउनु भयो ।
नृत्यु प्रतियोगितामा राष्ट्रियता, नेपाली कला सस्कृति, नेपाली भेषभुसा, महिला अधिकार, हिंसा, नेपाली भूमि अतिक्रमणमा परेको अवस्थालगायतको विषयलाई समेटेर प्रतुती गरिएको थियो । नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रममा लिटिल फ्लावर स्कुल गोरखपुरका फादर लोनी केलेली, गायिका तारा थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जवहारलाल प्रधानलगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विद्यालयको तर्फबाट गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि सहयोगार्थ २ लाख रुपैया अभियन्ता सीताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती प्रदर्शन गरिएको थियो । विद्यालयले आउदो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालन गर्ने जानकारी दिइएको थियो ।

शेयर गरौ

ताजा अपडेट