चितवन १८ मंसिर । स्थानीय तहको उपनिर्वाचनमा भरतपुर १६ मा विजयी भएका अध्यक्ष अमृतराज हमालले आज पद तथा गोपनियाताको सपथ खाएका छन् ।
भरतपुर महानगरपालिकाको कार्यालयमा आज भएको कार्यक्रममा उहाले सपथ खानु भएको हो । उहालाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सपथ खुवाउनु भएको थिए ।
गएको शनिबार भएको निर्वाचनमा उहाले नेकपाका प्रतिस्पर्धी भक्तराज हमाललाई पराजित गर्दै विजयी हुनु भएको थियो ।
अमृतराज हमालले ३ सय ८ मतअन्तरमा विजयी हुनु भएको थियो । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नु भएको थियो । ।
२०७४ को निर्वाचनमा यस वडामा तत्कालिन नेकपा एमालेका उम्मेदवार चतुर्मान गुरुङ बिजयी हुनु भएको थियो । उहाको निधन भएपछि उप–निर्वाचन गरिएको थियो । कूल ६ हजार २ सय ५० मत खसेकोमा १ सय २१ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यस वडा नम्बर १६ मा काँग्रेसलाई राप्रपा संयुक्तले समेत समर्थन गरेको थियो ।
नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भएकाले यस वडाको परिणामलाई आम सर्बसाधारणले समेत चासोका साथ हेरेका थिए । चुनावी सभामा प्रचण्डले नेकपा बिजयी भईसकेको भन्दै दुःख नगर्न अन्य पार्टीलाई सुझाब दिएका थिए ।
सपथ कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपाका वद्री तिमल्सिनालगयातका नेताहको सहभागीता रहेको थियो ।



