प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी : बालुवाटारमा नै आराम गर्ने

 

काठमाण्डौ १८ मंसिर । उपचारार्थ रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले डिस्चार्जको तयारी गरेको छ ।
नौ दिन अघि उपचारको भर्ना हुनु भएका ओलीले अस्पतालमा वसिरहदा बाहिर अनेक भ्रम सिर्जना हुने भन्दै बालुवाटारमा नै स्वास्थ्य लाभ गर्ने मनसाय गरेपछि अस्पतालले डिस्चार्ज गर्ने मनसाय राखेको हो । एपेण्डिसाइटिसको अपरेशनपछि उहा अस्पताललमै आराम गरिरहनु भएको छ ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले कम्तीमा एक साता बालुवाटारमै आराम गर्नु पर्ने हुन्छ । अपरेशनपछि रगतमा अक्सिजन र प्लेटलेट्सको मात्रा कम भएको, सुगर पनि तलमाथि भैरहेको र नियमित डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्रीलाई तत्काल डिस्चार्ज नगर्ने अस्पतालको तयारी थियो ।

तर, प्रम ओलीले नै जाने कर गरेपछि डिस्चार्ज गर्ने तयारी रहेको हो । प्रधानमन्त्री ओलीलाई ९ दिनअघि मंसिर ९ गते एपेन्डिसाइटिस भएको थियो । एपेन्डिसाइटिसलगत्तै शल्यक्रिया गरिएका प्रधानमन्त्री ओली अहिले चिकित्सकको निगरानीमा अस्पतालमै स्वास्थ्यलाभ गरिरहनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट