चितवनका सिडियो पर्सा सरुवा : विभिन्न ६ जिल्लाका प्रजिअ सरुवा

चितवन १७ मंसिर । गृह मन्त्रालयले ६ जना सिडियो सरुवा गरेको छ । मन्त्रालयले सुचना जारिगरी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलाइ सरुवा गरेको जनाएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत नारायण प्रसाद भट्टराई जिप्रका चितवन आउने भएका छन् ।

यस्तै नारायण प्रसाद भट्ट, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्काको पनि सरुवा भएको छ । जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, भने पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ। त्यसैगरी जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविका खड्का जिप्रका लमजुङ सरूवा भएका छन्।

शेयर गरौ

ताजा अपडेट