चितवन समाचार डटकम
१४ मङसिर । स्थानीय तहको उपनिर्वाचनका लागि चितवनको तीन वडा वडामा भएको मतदान ७० प्रतिशत भन्दा धेरै मत खसेको छ ।
कुल १३ हजार २८४ मतदाता रहेको थियो १० हजार ९२ मत खसेको थियो । भरतपुर महानगरको वडा नं. १६ मा ६ हजार २५० मत खसेको छ । यहा ८ हजार ४ सय ८१ मतदाता रहेका थिए ।
त्यस्तै गरी खैरहनीको ४ र ५ वडामा ३ हजार ८ सय ४२ मत खसेको छ । यहा कुल ४ हजार ८ सय ३ मतदाता रहेका थिए । विहान ७ बजेपछि मतदान सुरु भएको यहाँ कुनैपनि असहजता नभइ सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो । खैरहनी नगरपालिकाको वडा नं. ४ र ५ को त्यही नगरापलिकामा र भरतपुर महानगरको जिल्ला अदालत परिसरमा मतगणना गर्ने तयारी भएको छ । मत गणना शनिबार साँझबाट गरिने भएकाले रातिनै सकिने प्रजिअ वस्नेतले जानकारी दिनु भयो ।


