कास्की २ मा मतदान सुरु भएपछी शृङ्खला रुपमा बम बिस्फोट

पोखरा १४ मंसिर । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको दिन आज पोखरामा श्रृंखलाबद्ध बम बिष्फोट भएको छ । निर्वाचन हुनु पुर्व करिब १५ मिनेट अघि, निर्वाचनको समय र मतदान शुरु भएको एक घण्टापछि गरी पोखराका तीन ठाउँमा निर्वाचन स्थल नजिक श्रृंखलाबद्ध रुपमा बम बिष्फोट भएको हो ।

पोखरा-१६ शान्ति माविमा निर्वाचन शुरु हुनु करिब १५ मिनेट अघि र पोखरा- ३३ सरस्वती टिका माविमा निर्वाचन सूरु हुने समय करिब ७ः०० बजेको समयमा बिस्फोट भएको मतदाताहरुले बताएका छन्। त्यसैगरी पोखरा- ९ नव प्रभात माविमा करिब मतदान शुरु भएको एक घण्टा पछि मतदान स्थल देखि करिब २० मिटर नजिक बम बिष्फोट भएको हो । ठुलो आवाजमा बम बिष्फोट भए पश्चात करिब २० मिनेट मतदान स्थगित भएको थियो । घटना भए पश्चात सुरक्षाकर्मी घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान गरेको छ । घटनामा संलग्न व्यत्तिहरुको हाल खोजि कार्य भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरामा श्रृंखलाबद्ध ढंगबाट बम बिष्फोट भए पनि सुरक्षाको व्यवस्था भने निकै वडा पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए । मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने आफुहरुले वातावरण सृजना गरेको उनले दाबी गरे । बम बिष्फोटमा कुनै पनि प्रकारको मानवीय क्षति नभएको मतदान अधिकारीहरुले बताएका छन ।

पोखराका एक स्थानिय मानसिंह नेपालीले सुरक्षा व्यावस्था कमजोर भएर पोखरामा श्रृखलाबद्ध रुपमा बम बिष्फोट भएको बताए । नवप्रभात माविमा बिष्फोट हुदा करिब ७० मिटर टाडा रहेका उनी नजिकै व्याट्रिको केही टुक्रा आफ्नो खुट्ट नजिक आएको उनले जनाए । पोषराज सुवेदीले सुरक्षा व्यवस्था भने जस्तो सुरक्षा कडा नभएको गुनासो गरे । उनले भने “मतदान केन्द्र भन्दा २० मिटर नजिक ठुलो आवाजमा बम बिष्फोट हुन्छ, के यो सुरक्षा चुनौती होइन, सुरक्षको राम्रो निघरानि हुनु पर्दैन्। ”

शनिबार (आज) बिहान ७ः०० बजे देखि मतदान शुरु भएको छ । पोखरा महानगर भित्रका ११ वटै वडामा ३२ मतदान स्थल मध्य ८२ मतदान केन्द्रमा सौहार्द पूर्ण रुपमा मदतान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

स्मरण रहोस उम्मेदवारहरुले नाम दर्ता गराउदा जिल्ला निर्वाचन कार्यालय नजिक, पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यको पार्किङमा राखेको गाडीमा र नेकपाको चुनावी सभा स्थल नजिक बम बिस्फोट भएको थियो ।

शेयर गरौ

ताजा अपडेट