काठमाडौं १३ मंसिर । सुनसरी चतरा आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले निगरानीमा राखेको छ ।
आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा जाहेरी दर्ता भएपछि उहालाई निगरानीमा राखिएको हो ।
पीडित महिलाले ४ कात्तिकमा गिरीले आफूमाथि बलात्कार आरोप लगाएकी छन् । यसअघि प्रहरीले जाहेरी लिन मानेको थिएन । तर, पीडित महिला काठमाडौं प्रहरी परिसर, टेकु र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्म पुगेकी थिइन् । सीआईबीले उहाको स्वास्थ्य परीक्षण गराएर फाइल सुनसरी पठाइदिएको थियो ।
त्यसपछि शुक्रबार जाहेरी दर्ता भएको छ । सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले गिरीविरुद्ध किटानी जाहेरी परेको स्वीकार्नु भयो ।
जिल्ला अदालत, सुनसरीका एक अधिकारीले गिरीविरुद्ध पक्राउ पूर्जी पनि जारी भइसकेको बताउनु भयो । तर, त्यसअघि नै उहाले जाहेरी दिने महिलाविरुद्ध पनि सार्वजनिक गाली बेइज्जतीको मुद्दा दायर गरेको ती अधिकारीले जानकारी दिनु भएको छ ।
कृष्णदास को भरतपुर ८ गौरिगन्जमा आश्रम बनाएर प्रवचन दिने गर्नु भएको छ । उहालाइ उनका अनुयायीले भगवान स्वरुप हेर्ने गरेका छ्न । भरतपुरमा उनका समर्थकले मिथ्या आरोप लगाएको भनेका छ्न ।
उनलाइ एक वर्ष अगाडी भरतपुरमा नागरिक अभिनन्दन गरिएको थियो । बाजागाजा सहित उहालाइ पुर्व प्रधानमन्त्रीले फुलमाला लगाएका थिए ।


