नेकपालाई सबक सिकाउन काँग्रेसले चुनाव जित्नु पर्छ : नेता थापा

चितवन, ११ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनर थापाले नेकपालाई सबक सिकाउनको लागि भएपनि काँग्रेसको उमेद्वारले जित्नु पर्ने बताउनु भएको छ ।
भरतपुर महानगरको वडा नंं १६ मा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उहाले शक्तिको उन्माद नेकपामा वढेकाले काँग्रेसले जित्नु पर्नेमा जोड दिनु भयो । दुई तिहाईको सरकार र स्थानीय तह पनि आफ्नै भएकाले नेकपालाई शक्तिको मात लागेको छ ।
सरकारको शक्तिको दम्ब हटाएर साइजमा ल्याउनको लागि भएपनि उपनिर्वाचनमा काँग्रेसलाई जसरी भएपनि जिताउन मतदातालाई अनुरोध गर्नु भयो । नेकपाले अहिले नेपाललाई कुन दिशामा लैजाने भन्ने यो निर्वाचनले फैसला नगरे पनि सरकारलाई सन्देश दिन काम गर्ने बताउनु भयो ।
कार्यक्रममा नेता थापाले सरकार मात्रै नभएर नेकपाका दुवै अध्यक्षका महत्वकांक्षी भएको आरोप लगाउनु भयो । वडा अध्यक्षको निर्वाचनमा नेकपालाई हराउन सकेमा नेकपा अध्यक्षको प्रतिष्ठामा धक्का लाग्ने बताउनु भयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौला, जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार अमृत हमाललगायतले बोलेका थिए ।
राप्रपा संयुक्तको समर्थन कांग्रेसलाई

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा मनोनयन दर्ता गराएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन कांग्रेसको उम्मेदवारलाई रहने जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट