सफल व्यक्तिले तनाव व्यवस्थापन गर्दछ

चितवन ७ मंसिर । राष्ट्रिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले जीवन सफल बनाउनको लागि तनाब लिन नहुने बताउनु भएको छ ।
बालकुमारी माध्यमिक विद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव ब्यबस्थापन विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाले तनावले जीवनलाई दुखी बनाउने बताउनु भयो । सफल मानिसले तनावलाई सहजै व्यवस्थापन गर्ने भएकाले हरेक व्यक्तिले जीवनमा आइपर्ने समस्यालाई सहज रुपमा समाधान गर्नु पर्ने बताउनु भयो ।
तनाब लिएर हिड्ने ब्यक्तिले सिकाउन र सिक्न सक्दैनन् उहाले भन्नु भयो शिक्षक र विद्यार्थी दुवै तनाबमुक्त हुनु पर्दछ । कार्यक्रममा ब्रम्हकुमार विजयराज सिग्देलले विद्यालयका शिक्षक ब्यवस्थापन समिति अभिभावक तथा विद्यार्थीलाई जीवन जिउने सजिलो तरीकाबारे प्रशिक्षण दिनु भएको थियो । विद्यालयका प्रधानाध्यापक नारायण बहादुर थापा, शिक्षक नरेन्द्र केसी लगायतले मन्तब्य राख्नु भएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापकहरु, शिक्षक अभिभावक संघका अध्यक्ष उद्योग कुमार पिया, बालकुमारी मावि अल्मुनाई एशोसियसनका अध्यक्ष बद्रीलाल प्रधानलगायत शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देशीराम प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिक्षक विश्वराज अर्यालले सहजिकरण गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट