ओली प्रचण्ड राष्ट्रपति निवासमा : मन्त्री हेरफेर बारे परामर्श गर्दै

काठमाडौं ४ मंसिर । मन्त्रिमण्डल हेरफेरबारे प्रधानन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शमा व्यस्त भएका छन् ।

आज विहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र प्रचण्डबीच क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई जिम्मेवारी दिने भन्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।

दुई शीर्ष नेताहरुबीच भएको सहमतिलाई आज दिउँसो साढे १२ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने छ । र, आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ । आज दिउस ४ बजे मन्त्रीहरूको समथ ग्रहण हुने सम्भावना रहेको छ ।

शेयर गरौ

ताजा अपडेट