प्रतिबन्धित विप्लव नेकपाका एक कार्यकर्ता दाङको तुलसीपुरबाट पक्राउ

दाङ, ३ मंसिर :

दाङको तुलसीपुरबाट प्रतिबन्धित विप्लव नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–५ का २६ वर्षीय ठाकुरप्रसाद विकलाई प्रहरीले पक्राउ गरेको हो। विक विप्लव नेकपाको दलित मुक्ति मोर्चा दाङ जिल्ला उपाध्याक्ष हुन्।

लुकीछिपी हिँडिरहेका बेला विकलाई पक्राउ गरिएको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट