हात्तीको आक्रमण बाट दुइजनाको मृत्यु

चितवन ३० कार्तिक ।  चितवनको ठोरी-माडी खण्डअन्तर्गत पुरानो अमुवा पोस्टनजिकै जंगली हात्तीको आक्रमणबाट बाबुछोराको ज्यान गएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका १, बरुवाका बाबुराम पौडेल र राजु पौडेल छन् । पौडेलद्वय बाबुछोरा हुन् ।

आज (शनिबार) बिहान ७ बजे मोटरसाइकलमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका उनीहरुको  हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट