चितवन २६ कार्तिक । भरतपुर महानगरपालिका–४ लंकुस्थित गोरखकाली ऐग ट्रेड प्रा.लि. अण्डाको क्रेट उद्योगमा आज विहान आगलागी भएको छ । आगलागीबाट अण्डाको क्यारेट बनाउने कच्चा पदार्थ नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आगलागि आज विहान करिव ४ बजेको समयमा भएको प्रहरीले जनाएको छ । आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र भरतपुरको दमकल पुगेको थियो । आगलागीबाट उद्योगका सामग्रीमा क्षती भएपनि मानवीय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ । यस्तै प्रकृतिको आगलागी दुइ महिना अगाडि वाह्घरेमा रहेको काटुर्न उद्योगमा पनि भएको थियो ।


