समहती कार्यान्वयन नभएको भन्दै सिएमसीका विद्यार्थी आन्दोलित

चितवन २४ कार्तिक । सहमती अनुसार चितवन मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नदिएपछि विद्यार्थी आन्दोलित भएका छन् ।
दुइ महिना अगाडि जिल्ला प्रशासन कार्यालयमा रकम फिर्ता दिने भएको सहमति कलेज प्रशासनले उल्लंघन गरेको भन्दै विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।
सहमती कार्यान्वयन नभएको भन्दै विद्यार्थीले कैलाशनगरमा रहेको कलेजमा ताला लगाएका छन् । चितवन मेडिकल कलेजका सम्पूर्णको तर्फबाट चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्धारा जारी विज्ञप्तीमा माग पुरा नभएसम्मका लागि अनिश्चितकालिन तालाबन्दी गरिएको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सहमति कलेज प्रशासनले उल्लंघन गरेके हुँदा आजैको मितिदेखी हाम्रो शुल्क फिर्ता वा समायोजनको माग पूरा नभएसम्म अनिश्चितकालको लागि तालाबन्दी गरिएका जानकारी गराउन चाहन्छौं, यस परिस्थितिबाट उत्पन्न समस्याको जिम्मेवारी स्वंम प्रशासन हुने जानकार गराउँदछौं ।’
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु विगत तीन महिनादेखी विभिन्न माग राखेर चरणवद्ध आन्दोलनमा छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा अतिरिक्त शुल्क लिएको भन्दै पटक पटक आन्दोलन गर्दा समेत यस विषयमा जिल्ला प्रशासन भने सुने नसुने झै बसिरहेको छ । प्रशासन कार्यालयमा नै सहमती गरेको विषय कार्यान्वयन नहुदा समेत प्रशासनको कदम चलेको छैन । चितवनको मेडिकल कलेजले अध्ययनमा तोके भन्दा धेरै शुल्क, काम गर्ने कर्मचारी माथि श्रम शोषणको विषय धेरै पटक बाहिर आउने गर्दाछ । तरपनि यस विषयमा प्रशासन सक्रिय हुन सकेको छैन ।

शेयर गरौ

ताजा अपडेट