अमिर रामदाम
काठमाडौं, २४ कात्तिक । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, प्रदेश नं ३द्वारा आयोजित दुई दिवसीय मानिसक स्वास्थ्य, महामारी तथा विपद व्यवस्थापनमा संचार माध्यमको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम आजदेखि काठमाडौंमा शुरू भएको छ।
कार्यक्रममा मानसिक स्वास्थ्य, यसको नीति, कार्यक्रम तथा हालको अवस्था र सेवा दिने निकायहरु, माहामारी नियन्त्रण सम्बन्धि नीति, कार्यक्रम तथा हालको अवस्था, माहामारी तथा मानसिक रोगमा संचारको भूमिका, नेपालका मुख्य मानसिक रोग र यसको रोकथाममा मिडियाको भूमिकाको विषयमा सहभागीहरू प्रशिक्षित हुने भएका छन् ।
काठमाडौं स्थीत बिग फूड ल्याण्ड बत्तीसपुतलीमा आयोजा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालय, प्रदेश नं ३ का निर्देशक रमेश प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश नं३ का अध्यक्ष प्रताप विष्ट, प्रदेश स्वास्थ्य तालिम केन्द्र निर्देशक बद्री बहादुर खड्का, मानसिक रोग विशेषज्ञ डा.बासुदेव कार्की, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्र प्रसाद बराल लगायतको उपस्थिती रहेको थियो ।
कात्तिक २४ र २५ गते दुई दिवसीय कार्यक्रममा प्रदेश नं ३का १३ वटा जिल्ला शाखाका पत्रकारहरू र नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को प्रतिनिधिहरुको सहभागिता रहेको छ ।


