सातै प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस : को छन हेरौ

काठमाडौं, १८ कात्तिक । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १,  प्रदेश २ मा तिलक परियार र प्रदेश ३ मा बिष्णु प्रसाई प्रमुखकाे लागि सिफारिस गरेकाे छ  ।

यसतै गण्डकी प्रदेश मा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेकाे हाे  ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागिनाम सिफारिस गरे पनि प्रदेश तोकेको थिएन ।

यसअघि राष्ट्रपति  भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था छ ।

विसं २०७४ को निर्वाचन सम्पन्न भइसकेपछि अघिल्लो सरकारद्वारा ती प्रदेश प्रमुखको नियुक्ति भएकामा नेकपाले त्यसबेला आपत्ति जनाएको थियो ।

शेयर गरौ

ताजा अपडेट