आज उदाउँदो सुर्यलाइ अर्घ दिएर छ्ठ पर्व सकियो

"नारायणी नदि किनारमा भक्तजनको रौनक "

चितवन १७ कार्तिक । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुहरूले आज उदाउँदो  सूर्यलाई अर्घ्य दिएर पूजाअर्चना गरि सकिएको छ ।

हिजो साझ अस्ताउदो सुर्यलाइ व्रतालुहरू नारायणी नदि तथा नदी र तलाउमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरेका थिए । आज बिहान नारायणी नदिमा भक्तजनको ठूलो भिड लागेको थियो ।

राष्ट्रपति विद्या भण्डारीले हिजो कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि कमल पोखरी पुगेर छठीमाइको पूजा आराधना गरेका छन् ।

जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका तपाइ क्षेत्रमा  अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्र ।

अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा छ । नदी र तलाउ किनारहरू छठमय भएका छन् ।

अर्घ सामग्रीमा ठकुवा, भुसुवा, केरा, उखु्, गाजर, खाजा, कन्दमूल सहित विभिन्न ७० प्रकारका पूजा सामग्री अर्घ चढाउने परम्परा रहेको छ। अस्ताउँदो सूर्यदेवलाई अर्घ चढाउने दिन लाई छठको मूल दिन पनि भनिन्छ। यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ भने आज उदाउँदो सुर्यलाइ अर्घ दिएका छन ।

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ। सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ। त्यसैले सूर्यलाई एउटा अभिष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ ।

शेयर गरौ

ताजा अपडेट