प्रधानमन्त्री ओलीको उपचारको लागि निवासमानै मेडिकल रुम बनाउने तयारी

काठमाडौ १६ कार्तिक । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा छिटो–छिटो समस्या देखिन थालेपछि उपचारका लागि बालुवाटारमै मेडिकल रुम बनाउने तयारी भएको छ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै डायलाइसिससमेत गर्न मिल्ने गरी बालुवाटारमै विशेष प्रकारको मेडिकल रुम बनाउने तयारी भएको हो।

शुक्रबार बालुवाटारमा भेला भएका चिकित्सकहरूले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हेर्दा निवासमै विशेष उपचार सुविधा आवश्यक देखिएको सुझाब दिएका थिए।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै पनि वेला गम्भीर समस्या देखिए निवासमा साधारण उपचार गर्न पनि सम्भव छैन। जामलगायत समस्याका कारण तत्कालै अस्पताल लैजान पनि कठिन हुन सक्छ। त्यसैले निवासमै मेडिकल रुम बनाउन सुझाब दिएका छौँ,’ प्रधानमन्त्रीको उपचारमा संलग्नमध्ये एक चिकित्सकले भने। त्यसमा बालुवाटार पनि सहमत रहेको उनले बताए।

नयाँ पत्रिकामा खबर छ।

शेयर गरौ

ताजा अपडेट