काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि आइतबारभित्र उम्मेदवार टुंगो लगाउने भएको छ।
जागरण अभियानमा केन्द्रबाट खटिएका प्रतिनिधिसँग पदाधिकारीहरूले छलफल गरी लोकप्रिय र स्थानीय स्तरमा काम गरेका नेता छानेर उम्मेदवार बनाउने कांग्रेसको तयारी छ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि एक संघीय क्षेत्र र तीन प्रदेशसभा क्षेत्रसहित रिक्त स्थानीय तहहरूका लागि पदाधिकारी बैठकबाट उम्मेदवार तय गर्न लागिएको हो।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको बैठकले पनि उम्मेदवार चयन गर्न सकेन। ‘शुक्रबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक डाकिएको छ। उम्मेदवारबारे बैठकमा पनि छलफल हुन्छ। आइतबार बस्ने पदाधिकारी बैठकले नाम संघीय निर्वाचन क्षेत्र कास्की(२ मा कांग्रेसका तर्फबाट नाम टुंगो लगाउने भएको छ। भक्तपुर, बागलुङ र दाङबाट प्रदेशसभा क्षेत्रका लागि पनि उम्मेदवारको नाम सिफारिस भएर आएको छ।


